नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय
कृषि बिभाग

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र

किर्तिपुर, काठमाडौँ

Nepal Flag
२०८३ असोज ०१ गते

उच्च प्रविधि प्रयोग गरी संरक्षित संरचनामा तरकारी खेति सम्बन्धि तालिम (अधिकृतस्तर) मा सहभागी छनौट गरिएको सम्बन्धमा।

विषय: उच्च प्रविधि प्रयोग गरी संरक्षित संरचनामा तरकारी खेति सम्बन्धि तालिम (अधिकृतस्तर) मा सहभागी छनौट गरिएको सम्बन्धमा।

यस केन्द्रको आ.व. २०८३/८४ को पहिलो त्रैमासिकमा संचालन हुने वार्षिक स्वीकृत कार्यक्रम “उच्च प्रविधि प्रयोग गरी संरक्षित संरचनामा तरकारी खेति सम्बन्धि तालिम” संचालनको निम्ति मिति २०८३/०५/०३ गते प्रकाशित सुचना बमोजिम प्राप्त भएका आवेदनहरुको मुल्यांकन भई तपशिल बमोजिमका २७ प्रशिक्षार्थी  छनौट गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।

तालिममा छनौट भएका प्राविधिक अधिकृतहरुले २०८३/०६/०५ गते बिहान १० बजेसम्म तालिममा सहभागी हुन सक्ने वा नसक्ने जानकारी यस केन्द्रमा गर्नुहुन अनुरोध छ।

तालिममा छनौट भएका अधिकृतहरु सहभागी हुन नसक्ने भएमा सोहि प्रदेशका बैकल्पिक अधिकृतलाई सम्पर्क गरिनेछ।

तालिम मिति २०८३/०६/१७ देखि २१ गतेसम्म माडी प्रांगारिक कृषि फर्म तथा अनुसन्धान केन्द्र, माडी न.पा-४, चितवनमा आवसीय हुनेछ।  

सम्पर्क व्यक्ति: प्रतिभा खनाल ९८४७१४६३४२, ,मनिष यादव ९८५५०७८१२५ , पदम ऐडी ९७४९९००५५५ 

Download / View