नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि बिभाग

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र

किर्तिपुर, काठमाडौँ

काम, कर्तव्य र अधिकार

अन्तर्गतका फार्मकेन्द्रहरुलाई आवश्यक नीतिगत तथा कार्यक्रमगत निर्देशन र पृष्ठपोषण,
आलु, तरकारी तथा मसलावाली प्रबर्द्धनको क्षेत्रमा देशको फोकल कार्यालय,
सम्वन्धित बाली बस्तुको राष्ट्रिय महत्वका विशेष उत्पादन कार्यक्रम जस्तैस् मिशन कार्यक्रम तर्जुमा तथा संचालन,
आलु, तरकारी तथा मसलावाली विकास सम्वद्ध समस्या पहिचान र समस्या समाधानका लागि कृषि विभागलाई नीतिगत सुझाव,
अन्तर्गतका फार्मरकेन्द्रहरुमा नविनतम प्रविधि प्रदर्शन तथा प्रसारणको व्यवस्था सम्वन्धी कार्य,
वीउ, बोटविरुवा लगायतका प्रसारण सामग्रीहरुको उत्पादन तथा वितरणको व्यवस्था,
आलु, तरकारी तथा मसलावाली सम्वद्ध विषयमा राष्ट्रियस्तरमा विशेषज्ञ सेवा प्रदान गर्ने,
फार्मकेन्द्र व्यवस्थापनका लागि कृषि विभागलाई आवश्यक परामर्श उपलव्ध गराउने,
नेपाल सरकारले तोकेको आलु, तरकारी तथा मसलावाली विकास सम्वन्धी अन्य कार्यहरु ।