Nepal Government

Ministry of Agriculture and Livestock Development
Department of Agriculture

National Center for Potato, Vegetable, and Spice Crops Development

Kirtipur, Kathmandu

Cardamom Development Center, Fikkal, Ilam


परिचय

      मेची अञ्चलको इलाम जिल्ला फिक्कल गाउं विकास समितिको पान्दाम भन्ने स्थानमा आ.व.२०३२/०३३ सालमा अलैंची विकास आयोजनाको नाममा ३४५ रोपनी जग्गा खरिद भई अलैंची अनुसन्धान तथा विकास कार्यक्रमको थालनी भएको पाईन्छ । वि.सं. २०३९ सालमा तत्कालीन अलैंची विकास आयोजना नेपाल चिया विकास निगममा गाभिएको र वि.सं.२०४४ मा नेपाल सरकारको निर्णयले २०४५ साल भाद्र २९ देखि नेपाल चिया विकास निगमबाट अलग भई अलैंंची बाली विकास कार्यक्रम नामाकरण भएको थियो । कृषि विभागको परिवर्तित संरचना अन्तर्गत वि.सं.२०४७ मा बागवानी विभाग अन्तर्गत रही पुनः वि.सं.२०४९ मा कृषि विभागको एकिकरण पश्चात् कृषि विकास विभाग अन्तर्गत रही वि.सं.२०५० साल देखि अलैंची विकास केन्द्रको रूपमा अलैंची विकास सम्बन्धी कार्य गर्दै आएको छ र अलैंची बाली हेर्ने नेपाल अधिराज्यको यो एउटा मात्र केन्द्र हो ।

केन्द्रको भौगोलिक स्थिति

      यो केन्द्र पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत मेची अञ्चलको पूर्व उत्तर दिशामा अवस्थित इलाम जिल्ला फिक्कल गा.वि.स.वडा नं.४ पान्दाम भन्ने स्थानमा समुद्र सतह देखि १२०० देखि १६०० मिटरको उचाईमा अवस्थित छ । केन्द्र पश्चिम उत्तर मोहडा परेको छ । केन्द्रको कार्यालय र आवास क्षेत्र करिब ३ कि.मि. दूरीमा रहेका छन् । कार्यालय फिक्कल बजार देखि करिब ५ कि.मि.को दूरीमा बरबोटेबाट पश्चिम तर्फ गेरखे जाने कच्ची सडक भएर जानु पर्दछ । यो फिक्कल गाउ“ विकास समिति वडा नं. ४ मा पर्दछ भने आवास क्षेत्र फिक्कल बजार देखि पशुपतिनगर जाने सडकको छेउमा ३ कि.मि. को दूरीमा रहेको छ ।

हावापानी तथा माटो

      यस केन्द्रको हावापानी उपोष्ण किसिमको छ । यहां औसत अधिकतम तापक्रम २१.८०ऋ र न्युनतम तापक्रम १२.७ डि.से. तथा वर्षा २३०० मि.मि. देखि २४०० मि.मि. सम्म रहेको छ । यस केन्द्रको प्रायःजसो माटो बलौटे दोमट किसिमको छ । माटोको पि.एच. मान ५.५–६.५ भएको पाईएको छ ।

क्षेत्रफल र भू–उपयोग

                यस केन्द्रको जम्मा क्षेत्रफल १७.२५ हेक्टर (३४५ रोपनी) छ । भू–उपयोग यस प्रकार रहको छ ः–

                नर्सरी क्षेत्र                                  ३५ रोपनी

                उत्पादकीय बगान                         १ रोपनी

                उत्पादन उन्मुख बगान                    ४० रोपनी

                नयाँ बगान विस्तार                        १२ रोपनी

                अदुवा बीउ उत्पादन                      २ रोपनी

                बाटो, कूलो, कुलेसो                      २० रोपनी

                बांझो, पर्ति जग्गा                          ३७ रोपनी

                जङ्गल, भीर, बा“स                        १३१ रोपनी

                चिया तथा शितोष्ण फलफूल बगान    २७ रोपनी

                आवास भवन, कार्यालय भवन, भट्टी तथा गोरू गोठ     ४० रोपनी

                कूल जम्मा    ३४५ रोपनी

 Ph No. 027-540132

Email : alaichibikash033@gmail.com

Head of Office : Rajan Pariyar

Mob No: 9852680967

Contact Person : Anupa Subedi

Mob No: 9852680561