Nepal Government

Ministry of Agriculture, Forest and Environment
Department of Agriculture

National Center for Potato, Vegetable, and Spice Crops Development

Kirtipur, Kathmandu

Potato Development Center, Nigale, Sindhupalchwok

परिचय

                राष्ट्रको आलुबाली विकास कार्यक्रमलाई सहयोग पु¥याउन बीउ आलु , आलु बीयाँ (TPS) उत्पादन एव अन्य आलु उत्पादन सम्बन्धी प्रविधिको विकास गर्ने उद्देश्यले वि.सं.२०३२ सालमा सिन्धुपाल्चोक जिल्लाको जेठल गा.वि.स वार्ड नं. ९ निगालेमा यस केन्द्रको स्थापना भएको हो । स्थापना काल देखि गुणस्तरीय बीउ उत्पादनको अलावा आलु उत्पादन प्रविधिहरु बाह्य सेवा कार्यक्रम अन्तर्गत किसान समुदायमा हस्तान्तरण गर्ने, आई.सि.एम. कृषक पाठशाला एवं स्थलगत तालिम, प्रदर्शनी आदि कार्यक्रम संचालन गरि आलु बाली विकास सम्बन्धि कार्य गर्दै आएको छ ।

                यस केन्द्रले स्थापनाकाल २०३२ देखि नै राष्ट्रियस्तरमा आलु वाली विकासका कार्यक्रमहरू मध्ये वीउ आलु उत्पादनमा प्रमुख भूमिका खेल्दै आएकोमा आ.व. २०४४÷०४५ मा खैरो पिप चक्के रोगको कारण वीउ आलु उत्पादन कार्यक्रम बन्द हुन पुग्यो । तथापि खैरो पिप चक्के रोगको नियन्त्रण एवं व्यवस्थापन गर्दै रोग नियन्त्रणमा ल्याई आ.व.२०५२/०५३ देखि पुनः बीउ आलु उत्पादन कार्यक्रमको साथै वाह्य सेवा संचालन कार्यक्रम तथा बीया“बाट आलु खेती प्रविधिको प्रसार समेत गर्दै वि.सं.२०५४/०५५ देखि आलु बीया“ समेत उत्पादन गर्न सक्षम भई वार्षिक औसत १५ के.जी. आलु बीया“ उत्पादन गर्दै आएको छ ।

उद्देश्य

  • उच्च पहाड तथा मध्य पहाडी क्षेत्रमा आलु खेती सम्बन्धी आई पर्ने विभिन्न समस्याहरुको समाधान गर्ने ।
  • स्वास्थ बीउ आलु र आलु बीयाँ (T.P.S) उपलब्ध गराई आलुको उत्पादकत्व बढाउने ।
  • आलु खेती प्रविधि किसान समुदायमा हस्तान्तरण गरि गुणस्तरयुक्त बीउ आलु उत्पादन गराई आय आर्जन वृद्धि गर्दै जीवनस्तरमा समेत सुधार ल्याउने ।

केन्द्रको भौगोलिक स्थिति

                यस केन्द्रको उचाई समुद्र सतहबाट २५५० मि. रहेको छ भने यसको क्षेत्रफल ११० रोपनी (५.५ हे.) र काठमाडौं देखि ११० कि.मि. दूरीमा अवस्थित यस केन्द्रमा पुग्न जिरी राजमार्ग हु“दै मुडे र मुडेबाट मुडे दोरम्बा सडकको डेढ किलो मिटर पूर्वमा वसबाट अथवा मुडेबाट १५ मिनेटको पैदल हिड्नु पर्छ ।

हावापानी तथा माटो

                यस केन्द्रको हावापानी शितोष्ण किसिमको छ । यहाँको न्यूनतम तापक्रम —८०ऋ र अधिकतम तापक्रम १९ डि.से.  – २३ डि.से.  बीच रहने गरेको छ । साधारणतया वार्षिक औसत अधिकतम तापक्रम १५ डि.से.  र न्यूनतम ९ डि.से.  रहेको पाईएको छ । वार्षिक औसत आद्र्रता ८२ प्रतिशत र वर्षा ४०८८ मि.मि. हुने गरेको तथ्याङ्कले देखाउँछ । आषाढ, श्रावण, भाद्रमा अत्याधिक वर्षा हुने, कार्तिक देखि तुषारो पर्ने र पौष, माघ र फागुणमा हिउँ पर्ने गर्दछ । फागुन देखि बैशाख सम्म हावाहुरी चल्ने र असिना पर्ने गर्दछ । यस केन्द्रको प्रायः सबै माटो दोमट किसिमको छ । केन्द्रको केही गह्राहरूमा वर्षा याममा बढी वर्षाको कारण पानी जम्ने तथा पानी मूल आउने समस्या छ । माटोमा अम्लियपना (पि.एच.) ४.५–५ सम्म रहेको छ ।

क्षेत्रफल र भू–उपयोग

यस केन्द्रको कूल क्षेत्रफल ११० रोपनी मध्ये झण्डै ६० रोपनी जमिन मात्र खेतीको लागि उपयोगी रहेको र ५ रोपनी क्षेत्रमा कार्यालय भवन निवास तथा स्टोरले उपयोग गर्नुको साथै बा“की ४५ रोपनी जमिन भीर पाखो तथा जङ्गलले ओगटेको छ ।

 

Ph No. 011-663113

Email : nigalefarm@gmail.com

Head of Office : Bikash Kharel

Mob No :  9851235816