Nepal Government

Ministry of Agriculture and Livestock Development
Department of Agriculture

National Center for Potato, Vegetable, and Spice Crops Development

Kirtipur, Kathmandu

Subtemperate Vegetable Seed Production Center, Chapa, West Rukum

परिचय

          नेपालमा तरकारी बीउ उत्पादनको विकास दिन प्रति दिन बढ्दै गइरहेको छ । तरकारी बीउ उत्पादनलाई प्रत्यक्ष सहयोग पु¥याउन सरकारी स्तरबाट तरकारी बीउ उत्पादन केन्द्र रूकुमले महŒवपूर्ण कार्यहरू गर्दै आइरहेको छ । जहा“ तरकारीको ज्यादा माग हुन्छ त्यहा“ तरकारी खेती प्रशस्त मात्रामा गरिन्छ । त्यसको लागि असल किसिमको गुणस्तरयुक्त तरकारीको बीउको महसुस गरिन्छ । असल खालको गुणस्तरयुक्त तरकारी बीउ उत्पादन गर्नको लागि उपयुक्त हावापानी भएको स्थान, दक्ष प्राविधिकहरू तथा उक्त स्थानमा कृषकहरूमा जागरूकताको आवश्यकता पर्छ । यसै सन्दर्भमा नेपाल सरकारले अधिराज्यका विभिन्न स्थानमा बागवानी फार्म केन्द्रहरूको स्थापना गर्ने क्रममा यस तरकारी बीउ उत्पादन केन्द्र, रूकुमको पनि स्थापना गरेको हो ।

           वि.सं. २०३५ सालमा यस तरकारी बीउ उत्पादन केन्द्रको स्थापना भएपछि तरकारी बाली सम्बन्धि अध्ययन परिक्षण जातीय सम्वद्र्धन तथा संरक्षण, प्रजनन तथा मूल बीउ उत्पादन र वितरण जस्ता महŒपूर्ण कार्यहरू केन्द्रीय स्तरको बीउ उत्पादन केन्द्रको रूपमा तरकारी विकास निर्देशनालयको नीति निर्देशनमा रही गर्दे आई रहेको छ । २०६१ श्रावणबाट नयां संरचना अनुसार यस केन्द्रलाई बाली विशिष्ट नाम दिई समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्र नामाकरण गरिएको छ । साथै हाल यस केन्द्रको प्राविधिक, आर्थिक एवं प्रशासनिक कार्य तरकारी विकास निर्देशनालयको मातहतमा रहेको छ ।

उद्देश्य

  • विभिन्न तरकारी बालीहरुको जातिय संरक्षण सम्वद्र्धन गर्ने ।
  • विभिन्न तरकारी बालीहरुको प्रजनन तथा मूल बीउ उत्पादन गरी बीउ उत्पादक कृषकहरुलाई वितरण गर्ने
  • विभिन्न तरकारी बालीहरुमा समस्यामूलक परीक्षणहरु गर्ने ।
  • बीउ उत्पादक कृषकहरुलाई तरकारी बीउ उत्पादन सम्बन्धि तालिम दिने ।
  • तरकारी बीउ उत्पादक कृषकलाई प्राविधिक सेवा टेवा उपलब्ध गराउने ।
  • कृषक स्तरमा उत्पादित तरकारी बीउको गुणस्तर नियन्त्रण तथा सुपरीवक्षण गर्ने ।
  • मध्य पश्चिम विकास क्षेत्रका विशेषगरी पहाडी क्षेत्रका मानिसहरुमा तरकारी खाने बानी बसाली उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार ल्याउने ।
  • ताजा तरकारी तथा तरकारी बीउ उत्पादन गराई सोको बेच बिखनबाट उनीहरुको आयश्रोत बढाई जीवनस्तर उकास्ने ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढ्दो तरकारी बीउको मागलाइ केही हदसम्म पूर्ति गर्ने तथा बीउ निर्यातमा बीउ उत्पादक तथा बीउ व्यवसायीहरुलाई मध्यस्थ्यताकर्ताको रुपमा सेवा र सल्लाह दिने ।

केन्द्रको भौगोलिक स्थिति

      यो केन्द्र मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलको रूकुम जिल्ला खलंगा गा.वि.स.वडा नं.७ को चापा भन्ने स्थानमा रहेको छ । सो मध्य–पहाडी क्षेत्रमा समुद्र सतह देखि १४५० मिटरको उचाईमा २८०३६’ उत्तरी अक्षांश र ८२०१२’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यो केन्द्र दक्षिण मोहडामा परेकोले बिहान सूर्योदय देखि सांझ सूर्यास्तसम्म घाम लागि रहन्छ  ।

हावापानी

      यस केन्द्रको हावापानी समशितोष्ण किसिमको छ । औसत अधिकतम तापक्रम २४ डि.से. र न्युनतम तापक्रम १३० डि.से तथा वर्षा १४०० मि.मि. देखि २२०० मि.मि. सम्म परेको पाइएको छ । यहाको हिउद चिसो, गृष्म न्यानो तथा सुख्खा र मनसून ढिलो गरी आउने र हिउदको दिनमा कहिले काही हिउ समेत झर्छ र हल्का तुषारो पनि परेको पाइन्छ । यहाको औसत सापेक्षिक आद्र्रता ७९.१ प्रतिशत छ । कहिले काही गृष्म ऋतुमा असिना समेत पर्ने गर्छ ।

माटो

      यस केन्द्रको प्रायःजसो माटो दोमट बलौंटे किसिमको छ । माटोको पि.एच. मान ५.२ रहेको छ ।

सिंचाई

      मध्य पहाडी एवं उच्च पहाडी डांडा कन्दरा भए पनि रूकुम जिल्लाको हरेक पाखो तथा खेतमा प्रशस्त मात्रामा सिंचाईको सुविधा छ । यसै क्रममा यस केन्द्रमा पनि पान खोलाबाट ल्याईएको कुलोले वर्षभरि नै सिंचाईको सुविधा प्राप्त छ ।

क्षेत्रफल र भू–उपयोग

                रूकुम जिल्लामा सम्पन्न ट्रिगोनोमेट्रिकल नापी प्रणालीद्वारा गरिएको नापी अनुसार केन्द्रको कुल क्षेत्रफल ११७ रोपनी छ । जसमा कार्यालय भवन, आवास भवन, तालिम भवन, गोदाम घर पर्दछन् भने तरकारी प्रजनन तथा मूल बीउ उत्पादन, तरकारी बेर्ना उत्पादन, जातिय सम्वद्र्धन, तरकारी बाली संग्रहालय आदि कार्यक्रम संचालनमा छन् ।

 

Ph No. 088-490107

Email : rukumfarm@yahoo.com

Head of Office : Madan Kumar Shrestha

Mobile No : 9846045510

Contact Person : Hemanta Prakash K.C

Mobile No : 9860232421