• अन्तर्गतका फार्मकेन्द्रहरुलाई आवश्यक नीतिगत तथा कार्यक्रमगत निर्देशन र पृष्ठपोषण,
  • आलु, तरकारी तथा मसलावाली प्रबर्द्धनको क्षेत्रमा देशको फोकल कार्यालय,
  • सम्वन्धित बाली बस्तुको राष्ट्रिय महत्वका विशेष उत्पादन कार्यक्रम जस्तैस् मिशन कार्यक्रम तर्जुमा तथा संचालन,
  • आलु, तरकारी तथा मसलावाली विकास सम्वद्ध समस्या पहिचान र समस्या समाधानका लागि कृषि विभागलाई नीतिगत सुझाव,
  • अन्तर्गतका फार्मरकेन्द्रहरुमा नविनतम प्रविधि प्रदर्शन तथा प्रसारणको व्यवस्था सम्वन्धी कार्य,
  • वीउ, बोटविरुवा लगायतका प्रसारण सामग्रीहरुको उत्पादन तथा वितरणको व्यवस्था,
  • आलु, तरकारी तथा मसलावाली सम्वद्ध विषयमा राष्ट्रियस्तरमा विशेषज्ञ सेवा प्रदान गर्ने,
  • फार्मकेन्द्र व्यवस्थापनका लागि कृषि विभागलाई आवश्यक परामर्श उपलव्ध गराउने,
  • नेपाल सरकारले तोकेको आलु, तरकारी तथा मसलावाली विकास सम्वन्धी अन्य कार्यहरु ।