परिचय
नेपालको आर्थिक विकासका लागि विशेष गरी तरकारी खेतीले महत्वपूर्ण योगदान दिन सक्ने कुरालाई दृष्टिगत गरी कृषि मन्त्रालयको तत्कालीन संरचना अनुसार विक्रम सम्वत् २०३० सालमा तरकारी बीउ उत्पादन केन्द्रको स्थापना भएको हो । स्थापना काल देखिनै यो केन्द्रले तरकारी बालीहरूको जातीय विकास कार्य गर्दै आएको छ । यस केन्द्रद्वारा केही तरकारी बालीहरूका उत्कृष्ट जातहरू छनौट गरी उन्नत जातहरूको विकास गरेकोछ र ती जातहरू मध्ये तत्कालीन नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालयले उन्मोचित गरी व्यवसायिक तरकारी खेतीको लागि सिफारीश गरिएको छ ।
कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विभाग अन्तर्गतका सबै अनुसन्धान आयोजनाहरूको योजना कार्यान्वयन, अनुगमन र सुपरीवेक्षण सम्बन्धी कार्य हालको ने.कृ.अ.परिषद्बाट गराउने गरी मिति २०४४/०७/२५ को नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार तरकारी बाली सम्बन्धी अनुसन्धानात्मक कार्यहरू ने.कृ.अ.प.लाई जिम्मा दिए पछि तरकारी बाली सम्बन्धी अनुसन्धान सम्बन्धी कार्यहरू बागवानी अनुसन्धान महाशाखाले गरी रहेको छ भने यस केन्द्रले मुख्यतया तरकारी बालीहरूको विभिन्न जातहरूका प्रजनन एव मूल बीउ उत्पादन गरी जातीय सम्वद्र्धन कार्यलाई निरन्तरता दिनुको साथ–साथै तरकारी बेर्ना उत्पादन तथा तरकारी खेतीमा संलग्न कृषकहरूलाई प्राविधिक सेवा–टेवा दिई रहेको छ । विगतमा चार चरणः प्रथम, १९८१ फरवरी देखि १९८४ जून (२०३०–२०४०) दोश्रो, १९८४ जुलाई देखि १९८७ जुन (२०४०–२०४३) तेश्रो, १९८७ जुलाई देखि १९९१ सम्म (२०४३–२०४७) चौथो, सन् १९९२ देखि १९९५ सम्म (२०४८–२०५२) गरी १४ वर्ष तरकारी बीउ उत्पादन योजना “ताजा तरकारी तथा तरकारी बीउ उत्पादन आयोजनाको“ नाममा योजनाहरू संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन ९ँब्इ० को सहयोगमा संचालन भएको थियो । त्यस अवधिमा तरकारी उत्पादन र तरकारी बीउ उत्पादन कार्यक्रम अन्तर्गत महत्वपूर्ण क्रियाकलापहरू संचालन भएका थिए जो निम्न प्रकार छन् ः–
- तरकारी बालीहरूका नयाँ जातहरु भित्र्याउने कार्य ।
- भित्र्याईएका तरकारी बालीको जातहरू मध्ये उत्कृष्ट जातको छनौट कार्य ।
- जातीय सम्वद्र्धन गर्न प्रजनन तथा मूल बीउको उत्पादन कार्य ।
- कृषकस्तरमा प्रमाणित बीउको उत्पादन कार्य ।
- बीउ प्रशोधनशालाको स्थापना र सशक्तिकरण कार्य ।
- ताजा तरकारी एवं तरकारी बीउ बजार विकास गर्ने कार्य ।
- जनशक्तिको विकास ।
उपरोक्त आयोजनाका मुख्य कार्य–स्थलहरू मध्ये तरकारी बीउ उत्पादन केन्द्र, खुमलटार प्रमुख स्थलको रूपमा थियो । यस केन्द्रको परिसर भित्र योजनाको कार्यालय स्थापना गरी कार्यक्रम संचालन गरेको थियो । योजना काल समाप्त भए पछि तालिम घर, बीउ प्रशोधन संयन्त्र, जाली घरका फलामे फ्रेमहरू र काम लाग्ने तरकारी बीउ यस केन्द्रलाई हस्तान्तरण गरियो भने अन्य भौतिक सुविधाहरू (गाडीहरू समेत) तत्कालीन तरकारी विकास महाशाखालाई हस्तान्तरण गरियो । आयोजनाले यस केन्द्रमा सिंचाईको पूर्वाधार जडान गर्न प्रयास गरेको तर त्यो अधुरो नै रह्यो ।
यस केन्द्रलाई सशक्तिकरण र सुविधा सम्पन्न गर्नमा आयोजनाले ध्यान नदिएको देखिन्छ । विक्रम सम्वत् २०५२/४/१ देखि कृषि तथा सहकारी मन्त्रालयको संगठनात्मक परिवर्तन पश्चात् यस केन्द्रलाई कृषि विभागको क्षेत्रीय कृषि निर्देशनालय अन्तर्गत राखी संचालन हुँदै आएकोमा पछि यो केन्द्र नेपाल सरकारको वि.सं. २०५८ सालको निर्णय अनुसार तरकारी विकास निर्देशनालय अन्तर्गत संचालित भई रहेको छ ।
उद्देश्य
- तरकारीको उत्पादन, उत्पादकत्वमा वृद्धि ल्याउन उच्च गुणस्तरीय श्रोत बीउ उत्पादन गर्नु ।
- तरकारी बालीको जातीय गुणहरू सम्वद्र्धन गर्नु ।
- बेर्ना उत्पादन गरी बिक्री वितरण गर्नु ।
- बीउ प्रशोधन सेवा दिनु ।
केन्द्रको भौगोलिक स्थिति
यो केन्द्र मध्यमाञ्चल विकास क्षेत्र बागमती अञ्चल ललितपुर जिल्ला ललितपुर उप–म.न.पा. वडा नं. १५ खुमलटारमा समुद्र सतह देखि १३५० मिटरको उचाईमा रहेको छ । केन्द्रको अवस्थिति पाटन देखि ५ कि.मि. टाढा २९० उत्तरी अक्षांश र ९५०१५’ पूर्वी देशान्तरमा छ ।
हावापानी
यहांको हावापानी समशितोष्ण किसिमको छ । । औसत अधिकतम तापक्रम २४०ऋ र न्युनतम तापक्रम ११०ऋ तथा औसत वर्षा १०००–१६०० मि.मि. सम्म परेको पाइएको छ ।
माटो
यस केन्द्रको माटो चिम्ट्याईलो र केही अम्लिय (पि.एच. मान ५.५) रहेको छ ।
क्षेत्रफल र भू–उपयोग
यस केन्द्रको जम्मा ८ हेक्टर (१६० रोपनी) जमिन भएता पनि २० रोपनी जमिन ने.कृ.अ.प. बागवानी अनुसन्धान महाशाखालाई तरकारीको अनुसन्धान गर्ने प्रयोजनका लागि तथा ३० रोपनी जमिन इसिमोडलाई आ.व.२०५९/६० मा उपलब्ध गराईएको छ । यस केन्द्रको जमिनलाई २ वटा Block मा छुट्टयाईएको छ । Block ‘A’ अन्तर्गत यस केन्द्रका कार्यालयहरू, आवास भवन, तालिम भवन तथा तरकारी बेर्ना उत्पादन, जातिय सम्वद्र्धन, प्रजनन बीउ उत्पादन, तरकारी बाली संग्रहालय, गोदाम घर आदि पर्दछन् भने Block ‘B’ अन्तर्गतका जमिन विभिन्न कार्यालयहरु जस्तै इसिमोडलाई (३० रोपनी), चिया तथा कफी विकास बोर्डलाई (४ रोपनी) तथा Gene Bank लाई (३६ रोपनी) उपलब्ध गराईएको छ भने बांकी ३० रोपनी जग्गा (सिमसार) DDC लाई उपलब्ध गराईएको छ। Block ‘A’ अन्तर्गत केन्द्रले उपभोग गर्दै आएको जग्गाको विवरण यस प्रकार रहको छ ः–
१. बीउ उत्पादन तथा नर्सरी क्षेत्र २० रोपनी
२. बागवानी अनुसन्धान महाशाखालाई २० रोपनी
३.कार्यालय भवन, बीउ प्रशोधनशाला, सीसा घर, तालिम हल, आवास भवन आदि २० रोपनी
कुल जम्मा ६० रोपनी
Ph No. 977-01-5523141
Email : info@vcdc.gov.np
Head of Office : Dinesh Prasad Sapkota (Senior Horticulture Development Officer)
Mob No: 9851161999